वीरेन्द्रनगर नगरपालिका बडा नम्बर ३ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले आफ्नो कार्यकालमा आफुले पाउने सेवा सुविधाबाट समाज सेवा पनि गर्दै आयका छ्न ।

उनले शुक्रबार वीरेन्द्रनगर ३ मा रहेको हरि डिल भुमि माध्यमिक विद्यालयलाई आफ्नो नाममा रहेको भुपेन्द्र खत्री अक्षयकोषबाट ५ लाख रकम हस्तान्तरण गरेका छ्न ।
यस्तै अक्षय कोषमा जम्मा गरेको रकम बाट हुन आउने ब्याजबाट बिद्यालयमा रहेका जेहेन्दार, गरिब र अपाङ्ग गरि ६० जना बिद्यार्थीहरु लाई रु १ हजारका दरले छात्रवृत्ति समेत बितरण गरेका छ्न ।

अध्यक्ष खत्रीले आफ्नो कार्यकालमा आउने सम्पुर्ण सेवा सुविधा वडा नम्बर ३ मा रहेका दुई वटा सरकारी विद्यालयमा दिदै आयका छ्न । जसमध्य हरिडिल भुमि माध्यमिक बिधालयमा ६५ प्रतिसत र जगनाथ अधारभुत विद्यालयमा ३५ प्रतिसत वितरण गर्ने गरेका छन ।

व्यक्तिको विकास, वडाको विकास र समाज परिवर्तन गर्नु छ भने शिक्षा बाट मात्र सम्भव हुने भएकोले शिक्षामा विशेष जोड दिनुपर्ने खत्रीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0