अभिनेत्री करिश्मा मानन्धर नेकपा (एमाले) प्रवेश गर्नुभएको छ। मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले अभिनेत्री मानन्धरलाई पार्टीमा स्वागत गर्नुभएको हो।
कार्यक्रममा अभिनेत्री मानन्धरले मुलुकको परिबर्तन र समृद्धिको लागि एमालेमा रहेर राजनितीमा अगाडि बढ्ने अठोट गरेको बताउनु भयो ।

यस्तै, पूर्वमन्त्री प्रेमबहादुर सिंह पनि एमालेमा प्रवेश गर्नुभएको छ । साथै उहाँ नेतृत्वको समाजवादी जनता पार्टी पनि नेकपा एमालेमा समाहित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0