सुर्खेत । भेरी नदीमा नुहाउने क्रममा  बेपत्ता भएका तीनै जना बालबालिकाको शब भेटिएकाे  छ ।

भेरीगंगा नगरपालिका–१३, स्थित भेरी नदीको फरक–फरक स्थानबाट तीनै जना बालबालिकाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ  ।

हराएका मध्ये बिहीबार भेरीगंगा नगरपालिका–११, का १० वर्षीया गंगा खड्का र ८ वर्षीय कृष्णा सिंजालीको शब भेटिएको जिल्ला  प्रहरी कार्यालय सुर्खेत सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीले बताउनुभएकाे छ ।

घर्तीले दुबै शवलाई साँझ पोष्ट मार्टमका लागि मेहलकुना अस्पताल लगिएको जानकारी दिनुभयाे । उहाँका अनुसार हराएका मध्ये लेकवेंशी नगरपालिका–२, का ८ वर्षीय दिनेश बुढाको भने बुधबार शव भेटिएको छ  ।

फागुन २८ गते (शनिबार)सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीनै जना बालबालिका हराएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0