सुर्खेत । नेकपा एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा विजयी भएका छन् । सातौं जिल्ला अधिवेशनबाट शर्मा अध्यक्षमा पुनः विजयी भएका हुन्। यसअघि पनि शर्माले दैलेखको नेतृत्व गरेका थिए ।

बुधबार सम्पन्न भएको निर्वाचनमा शर्माले ४ सय १४ मत प्राप्त गर्दा अध्यक्षका प्रतिद्वन्द्वी सुर्यबहादुर शाहीले २ सय ६३ मत प्राप्त गरे ।

यस्तै ,उपाध्यक्षमा प्रेमबहादुर बुढा विजयी भए ।
बुढालाई ४५१ मत प्राप्त हुँदा बुढाका प्रत्यासी टोपबहादुर विसीले १९६ मत प्राप्त गरे ।

यस्तै सचिवमा तिलक रिजाल,उपसचिवमा कलावती न्यौपाने र गंगाराम दाहाल  निर्वाचित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0