पाँचौँ संस्करणको झापा गोल्डकप फुटबलको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ  ।

सोमबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली झापा-११ लाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

आर्मीको जितमा  टेक बहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले एक एक गोल गरे यस्तै झापाका विमल घर्ति मगरले एक गोल फर्काए ।

उपाधिसँगै त्रिभुवन आर्मीले नगद १२ लाख ५५ हजार प्राप्त गरेको छ भने उपविजेता बनेको झापाले ६ लाख ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0