दैलेख । दैलेखमा व्यवसाय सुरु तथा सुधारमा ल्याउनकालागि तालिम दिइएको छ । युवाहरूलाई व्यवसायतर्फ उन्मुख गराउने, व्यवसायको सही छनोट गरि व्यावसायिक योजना निर्माण गर्न सक्ने र आयआर्जन गर्न सहिबाटो देखाई नागरिकको जीवनमा परिवर्तन ल्याउने उद्देश्यले तालिम दिइएको हो ।

१८ वर्ष देखि २४ वर्ष उमेरका युवाहरूलाई  नारायण नगरपालिकाको समन्वयमा वडा कार्यालयले छनोट गरी पठाएका १९ जनालाई नारायण नगर पालिकाको काडाँचौरमा ५ दिने तालिम शुक्रवार सम्पन्न भएको छ ।

एभरेष्ट क्लब दैलेख  सेभ द चिल्डे«नको संयूक्त आयोजनामा संचालित पावर ४ ए वाइ परियोजनाले विपन्न तथा जेहनदार परिवारका १९ जनालाई व्यवसायतर्फ लाग्नको लागि तालिम दिइएको परियोजना संयोजक भूपाल सिंह बोहराले जानकारी दिनुभयाे ।

आफ्नो व्यवसायगर्ने र भएको व्यवसायलाई सुधार गर्नेकोलागि नारायण नगरपालिका भित्रका ५ पुरुष १४ महिला, ४ जना अपाङ्गता भएका व्यक्ति तथा विभिन्न कारणले पढाई छोडेर बसेकाहरूलाई ५ दिनको तालिममा व्यवसाय छनोट, आफ्नो गाउँ टोलमा कस्तो व्यवसायगर्दा फाइदा हुन्छ, व्यवसाय गर्दा कस्ता–कस्ता जोखिमहरू आउन सक्छन्, व्यवसायको पहिचान कसरी गर्न सकिन्छ, कच्चापदार्थहरू कहाँबाट ल्याउने, उत्पादनभएका बस्तुहरूलाई बजार सम्म कसरी पु¥याउने, बिक्रीमूल्यहरू कसरी निर्धारण गर्ने, सहीव्यवसायको छनोट कसरी गर्ने त्यसको बजार माग के कस्तो छ भन्ने बारेमा तालिम दिइएको प्रशिक्षक बाबुराम आचार्य बताउनुभयाे । उहाँका अनुसार  ५ दिनको तालिममा सफल ब्यवसायीहरुलाई समेत ल्याएर उनीहरूको अनुभव पनि बुझाइएकाे थियाे ।

पाँचदिनको तालिममा धेरै कुरा सिक्ने अवसर पाएकाे र यस्ता कार्यक्रमहरू पहिले नै आएको भए गाउँघरमै विभिन्न व्यवसाय गर्ने सकिने सहभागी दुर्गा भट्टराईले बताउनुभयाे ।
नारायण नगरपालिका वडा नं. ६ का कार्यवाहक अध्यक्ष शान्ति कुमारी रेग्मीले तालिममा सहभागीहरूले आफ्नो व्यवसाय कसरी गर्ने सकिन्छ, भन्ने कुरा बुझेको हुनले व्यवसायगर्दा समस्या नआउने धारण राख्नुभयाे ।

तालिमकोलागि एभरेष्ट क्लबलाई धन्यवाद दिँदै उहाँले आफूहरूले गरिब जेहनदार तथा विपन्न वर्गका युवाहरूलाई तालिमको लागि छनोट बताउनुभयाे। आउँदा दिनहरूमा व्यवसाय गरेको नगरेको वडाले पनि अनुगमन गर्ने उहाँकाे भनाइ छ ।

तालिममा एभरेष्ट क्लब दैलेखका अध्यक्ष दीपककुमार शाहीले तालिम लिइएका सहभागीहरूलाई आफूहरूले निरन्तर फ्लोअप गरिरहने भन्दै ५ दिनको तालिममात्र दिएर नछोड्ने बताउनुभयाे । उहाँले तालिम सँगसँगै आर्थिक स्थिति कमजोर भएर व्यवसायमा लगानी गर्ने नसक्नेलाई एभरेष्ट क्लबले २५ हजारसम्म लगानी गर्ने जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0