सुर्खेत । वीरेन्द्रनगर युवा क्लवले विहीवार जिल्ला कारागार सुर्खेतमा रहेका कैदीवन्दीहरुलाई खेलकुद सामग्रीहरु सहयाेग गरेकाे छ ।

केहिदिन अघि सुर्खेतमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेको क्लवले आज कारागारमै एक कार्यक्रमको आयोजना गरेर खेलकुद सामाग्री हस्तान्तरण गरेको हो।

कैदीवन्दीहरुको खेल्ने चाहना पनि पूरा हुने भएकोले केही राहत मिलाेस् भन्ने उदेश्यले खेलकुद सामाग्री वितरण गरिएको क्लवले जनाएको छ ।

क्लवका कार्यक्रम संयोजक रहनुभएका दिनेश ढकालले होली पर्वको अवसर पारेर क्लवको तर्फबाट कैदीवन्दीहरुलाई टिर्सट लगायतका अन्य जिन्सी सामाग्री सहयोग गर्ने जानकारी दिनुभयो।
यस्तै,  कारागार भित्र रहेका महिला कैदीवन्दीहरुलाई सेनेटरी प्याड पनि वितरण गर्ने क्लवको योजना रहेको बताईएको छ ।
क्लवले यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0