सुर्खेत । कर्णालीका सबै गाउँ , गाउँमा पानीको शुद्धता मापनको गर्नका लागि कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले कामको सुरुवात गरेको छ ।

१० जिल्लाबाट आएका प्रतिनिधिलाइ तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरण सहित १० जिल्लामा पठाएको छ । विज्ञ सहितको टिमले २४ फागुन देखि फागुन २६ गते सम्मा तालिम दिएर , तालिम प्राप्त कर्मचारी जिल्लामा पठाएको हो । १० जना कर्मचारीलाइ तालिम पछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा उर्जाविकासमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो ।

तालिममा सिकेको सिप अधिकतम रुपमा प्रयोग गरिने सहभागीले बताएका छन् । प्रत्यक जिल्लामा एक वटा पर्ने गरी पानीको शुद्धता मापन मेसिन पठाएको छ । प्रत्येक मेसिनलाइ २ लाख ९० हजारमा खरिद गरी १० वटा जिल्लामा वितरण गरिएको मन्त्री सिंह बताउनुभयो ।

कर्णालीका सबै पालिकामा माग भए अनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको छ । फोहर पानी पिउदा धेरैलाइ पानी जन्य रोग देखा परेको रिर्पोटका आधारमा पानी परीक्षणको काम सुरु गरिएको मन्त्री सिंहका प्रमुख स्वकीय सचिव हेमन्त केसीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0