नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ आज इन्डियन सुपर लिग (आइएसएल) मा डेब्यु गर्दैछन् ।
स्पोर्टिङ क्लब इस्ट बंगालमा आवद्ध भएका अनन्तले आज
हुने बेंगलुरुविरुद्धको खेलमा पहिलो रोजाइमा रहँदै डेब्यु गर्न लागेको इस्ट बंगालले जनाएको छ ।खेल नेपाली समय अनुसार साँझ ७ :४५ बजे सुरु हुँदैछ ।

अनन्त यसै महिना थ्री स्टार क्लबबाट फुकुवा भएर इस्ट बंगाल पुगेका हुन ।
अनन्त आइएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।
उनी आवद्ध टिम इस्ट बंगाल आइएसएलको अंक तालिकामा पुछारमा रहेको छ । इस्ट बंगालको १९ खेलबाट ३५ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0