त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठ तथा थ्री स्टार क्लबका कप्तान विक्रम लामा एनएसएलमा अनसोल्ड भएका छन् ।
काठमाडौंमा जारी एनएसएलको अक्सनमा १० टिम मध्ये कुनै पनि टिमले खरिद गर्न इच्छा नदेखाएपछि नवयुग र विक्रम अनसोल्ड भएका हुन ।
नवयुगले चोटका कारण यसपटकको सहिद स्मारक ए डिभिजन लिग गुमाएका थिए ।
यस्तै,विक्रमले पनि चोटका कारण ए डिभिजनका पछिल्ला खेलहरु गुमाएका थिए ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करण सञ्चालन हुँदैछ ।
एनएसेलको दोश्रो संस्करणमा विराटनगर सिटी एफसी,वीरगञ्ज युनाइटेड एफसी,बुटवल लुम्बिनी एफसी,धनगढी एफसी,एफसी चितवन,झापा एफसी,काठमाडौं रेजर्स,ललितपुर सिटी एफसी,पोखरा थण्डर्स र स्पोर्टिङ इलाम एफसी गरि १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0