सुर्खेत । सुर्खेतमा आइतबारदेखी अन्तरपालिका स्तरिय पुरुष भलिबल खेल प्रतियोगीता सञ्चालन हुने भएको छ।

वीरेन्द्रनगर युवा क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता
जिल्ला खेलकुद विकास समिति सुर्खेतको खेल मैदानमा हुनेछ ।
क्लबका अध्यक्ष निराजन ढकालका अनुसार प्रतियोगितामा सबै पालिका बाट खेलाडीहरुले सहभागिता जनाउने छन ।
प्रतियोगिताको विजेताले एक लाख नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन ।
दोस्रो र तेश्रो हुनेले क्रमशः पचास हजार र पच्चीस हजार नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन ।
यस्तै,सर्वोउत्कृष्ट खेलाडी,उत्कृष्ट स्पाइकर,उत्कृष्ट सेटर,उत्कृष्ट लिब्रो,उत्कृष्ट ब्लकर र उत्कृष्ट सर्भरलाई पनि नगदसहित सम्मान गरिने आयोजक टिमले जनाएको छ ।
प्रतियोगितामा टिम दर्ता गर्नको लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ ।
खेल मंगलबारसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0