एमसीसीविरुद्धको आन्दोलन चर्किँदै गएपछि सुर्खेतको वीरेन्द्रनगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

सोमबार बिहानदेखि निरन्तर उत्तेजित अराजक भिडबाट तोडफोड, आगजनीका साथै धनजनको क्षति गर्ने प्रयास गरिरहेको प्रहरी माथि ढुङ्गा मुढा, शिशा, बोतल प्रहार गरिरहेको र यसबाट थप क्षति हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले भोलि मङ्गलवार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको जनाएको छ ।

प्रशासनका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको पाँच सय मिटर क्षेत्रसम्म कर्फ्यू लगाईएको छ ।

प्रशासनद्वारा जारी कर्फ्यु आदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0