सुर्खेत । महालक्ष्मी विकास बैङ्क लिमिटेड शाखा सुर्खेतले ७५ जना विद्यार्थीलाई झोला वितरण गरेको छ ।

आइतबार बराहताल गाउँपालिका वडा नम्बर २ डोप्कामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेकाे हो ।

बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व बहन (सीएसआर) कार्यक्रम अन्तर्गत झोला वितरण गरेको सुर्खेत शाखाका शाखा प्रबन्धक सुरज बयलकोटीले बताउनुभयाे ।

उहाँकाअनुसार स्थानीय जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगाएतको उपस्थितिमा झोला वितरण गरिएकाे छ । झोला वितरणले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई सहज हुने बयलकोटीले विश्वास व्यक्त गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0