सुर्खेत – नयाँ शक्ति पार्टीका संयोजन रवि किरण हमालले सरकारसँग बहुमत भए एमसिसी पास गरेर देखाउन चुनौती दिएका छन् ।

संसदीय ब्यबस्थामा सत्तासीन पार्टीले बहुमत सिद्ध गरेर निर्णय गर्नुपर्नेमा प्रतिपक्षीको आडमा सत्ता चलाउने सपना देख्नु भन्दा नयाँ जनादेशमा जानु उपयुक्त हुने किरणले बताएका छन् ।

नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले एमसिसी परियोजना अगाडि बढाउन खोजेपनी गठबन्धन घटकहरु तयार छैनन् । काङ्ग्रेस प्रतिपक्षी दल नेकपा एमालेको सहयोगमा एमसिसि पास गर्ने दाउमा जुटेपछी किरणले नयाँ निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताउदै आएका छन् । उनले आफु एमसीसी पास गर्न लागिरहेको भन्दै संसदमा टेबल भएपछि पास फेल जे हुन्छ त्यसलाई स्वीकार गरेर जाने समेत बताए पनि सत्ता समीकरण फेरबदल हुने परिस्थिति निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0