सुर्खेत ।  कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले गैरसरकारी विधेयक ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ प्रदेशसभासमक्ष टेबुल गर्नुभएको छ ।

सभामुख राजबहादुर शाहीले विधेयक सभामा टेबुल गर्न समय दिएसँगै प्रदेशसभा सदस्य भण्डारीले उक्त गैरसरकारी विधेयक गत असोज १० गते कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता गर्नुभएको थियो ।

सङ्घीयता कार्यान्वयनको इतिहासमा सिंजा सभ्यतासँग सम्बन्धित गैरसरकारी विधेयक प्रदेशसभामा टेबुल भएको भने यो मुलुकमै पहिलो पटक हो ।

नेपालको मूल सभ्यता सिंजा सभ्यताको उद्गमस्थल जुम्ला जिल्लास्थित सिंंजा क्षेत्र र सभ्यतासँग सम्बन्धित कर्णाली प्रदेशका अन्य भूभागको सांस्कृतिक, ऐतिहासिक, सामाजिक, पुरातात्विक, धार्मिक एवं भाषिक पर्यटनको संरक्षण एवं प्रवद्र्धन गरी यहाँका नागरिकहरुको आर्थिक समृद्धि र खुशी हासिल गर्ने उद्देश्यले पहिलोपटक प्रदेशसभामा गैरसरकारी विधेयक टेबुल गरिएको प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0