सुर्खेत ।  कर्णाली सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले अब कर्णाली सरकारले आइतबारसम्म पूर्णता पाउने बताउनुभएको छ ।

सत्ता गठबन्धन पार्टीका तल्लो तहदेखि भएका विभिन्न राजनीतिक कार्यक्रमदेखि केन्द्रीय महाधिवेशन तथा कोभिड–१९ को तेस्रो लहरको प्रभावले सरकारले पूर्णता पाउन नसके पनि अब तीनभित्र सरकारले पूर्णता पाउने मुख्यमन्त्री शाहीले बताउनुभयाे ।

उहाँले भन्नुभयो, “अब धेरै कुर्नु पर्दैन, आइतबारसम्म कर्णाली सरकारले पूर्णता पाउनेछ ।” सरकार विस्तारका साथै अन्य महत्वपूर्ण काम र योजनाका विषयमा सोधिएका प्रश्नको जवाफ पनि दिने उहाँले बताउनुभयो । कर्णालीमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका हिसाबले माओवादी केन्द्रका १२, कांग्रेसका छ र समाजवादीका तीन प्रदेशसभा सदस्य हुनुहुन्छ ।

जसमा माओवादीले चार, कांग्रेसले मुख्यमन्त्रीसहित तीन र एकीकृत समाजवादीले तीन मन्त्री पाउनुपर्ने प्रस्ताव राख्दै आएका थिए । सरकार गठनमा सत्ता गठबन्धनभित्र आपसी सहमति हुन नसकेपछि त्यसको टुङ्गो लगाउन केन्द्रलाई जिम्मेवारी दिइएको छ । कर्णाली प्रदेशसभाको कूल सदस्य सङ्ख्याको २० प्रतिशत मन्त्री बन्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् मात्र बन्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0