मोरिससविरुद्धको दोश्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिदासम्म नेपालले अग्रता बनाएको छ। खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन ।
नेपालले गोल गरेलगत्तै खेलको ११ औं मिनेटमा मोरिससले पेनाल्टीको मौका पाएपनि गोल भने गर्न सकेन ।
मोरिससका कप्तान एन्डी सोफीले गरेको पेनाल्टी प्रहार नेपाली टिमका कप्तान तथा गोल रक्षक किरण चेम्जोङले बचाएका थिए ।

यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले विजयी भएको थियो। उक्त खेलमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0