नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
मंगलबार रातीदेखी लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेल को मूल्यमा ३ रुपैयाँले बढाइएको निगमले जानकारी दिएको छ ।
मूल्य बढाईएपछी अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ र डिजेल/मट्टीतेलको प्रतिलिटर १ सय २५ रुपैयाँ पर्नेछ ।
निगमले आन्तरिक तथा बाह्य तर्फको हवाई इन्धनको मूल्य पनि बढाएको छ । जसअनुसार अब आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय १६ (१० रुपैयाँ बढेर) रुपैयाँ र अन्तरास्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०९५ (१ सय अमेरिकी डलर बढेर ) अमेरिकी डलर पर्नेछ ।
यस्तै,निगमले खाना पकाउने एल पी ग्यासको मूल्य भने यथावत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0