काठमाडाैँ । नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.३३ अङ्कले उकालो लागेर २ हजार ७७९.९८ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३८ अङ्कले बढेर ५१८.७२ मा पुगेको छ ।

नेप्सेमा सामान्य सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । जम्मा २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ मूल्यमा खरिद बिक्री भए । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख २० हजारको हाराहारीमा पुगेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ४.३३, व्यापार ६.९९, होटल तथा पर्यटन २१.५५, विकास बैंक २१.१, जीवन बीमा १.३२, सामूहिक लगानी कोष ०.०९ अङ्कले ओरालो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0