सुर्खेत । प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार आइतबारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा रोग विशेषज्ञ डाक्टरद्वारा उपचार हुनेछ ।

अस्पतालमा दुई विशेषज्ञ डाक्टरले सेवा प्रदान गर्ने जनाइएको छ । सरकारी स्वामित्वको प्रदेश अस्पतालबाट आँखा रोगसम्बन्धी सेवा प्रवाह गर्ने नेपालमै पहिलो प्रदेश अस्पतालका रुपमा रहेको निर्देशक खड्काको दाबी छ ।

प्रदेश अस्पताललाई आँखा रोगसम्बन्धी उपचारका लागि आवश्यक उपकरण खरिदलगायतका पूर्वाधार व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले २० लाख बजेट विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0