सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले दोश्रो हार बेहोरेको छ ।

शुक्रबार भएको रोमाञ्चक खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले मनाङलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोको जितमा मार्टिन एडिल्फे सिलो नाङ्गा र मार्टिन्स अजयीले एक एक गोल गरे ।

मनाङका लागि भने आफिज ओलावाले ओलादिपोले एक गोल फर्काएका थिए ।

मनाङसँग भएको पहिलो भेटमै सातदोबाटो विजयी भएको छ ।

आजको जितसँगै सातदोबाटो ९ खेलबाट १२ अंक जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ ।

उता दोश्रो स्थानमा रहेको मनाङको भने ९ खेलमा १९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0