गृहमन्त्री बालकृष्ण खाँणले मेडिकल शुल्कबारे ध्यानाकर्षण भएको बताउनुभएको छ । विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा मेडिकल कलेजले लिएको शुल्कबारे जानकारी गराएपछि यसमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको हो ।

सात विद्यार्थी सङ्गठनले मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खाँणले यस सम्बन्धमा परामर्श गरेर अघि बढ्ने आश्वासन दिनुभएको हो । ध्यानाकर्षणपत्र बुझाउनेमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैठौँलगायत विद्यार्थी सङ्गठन थिए।मन्त्री खाँणले शिक्षा मन्त्रालयमार्फत यो विषय आएमा आफूलाई सहज हुने र शिक्षा मन्त्रीलाई पनि ध्यानाकर्षण गराउन आग्रह गर्नुभएको थियो ।

विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनमा नोबेल मेडिकल कलेज, काठमाडौँ मेडिकल कलेज, मणिपाल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएर ज्याजति गरेको भन्दै छानबिन गरी दोषी भेटिए कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0