जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली एपिएफ क्लब र जावलाखेल युथ क्लवबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेल गोलरहित बराबरीमै सकिएपछि दुवै टोलीले एक एक अङ्क बाडेका छन् ।

अाजकाे बराबरीसँगै एपिएफ आठ खेलबाट सात अङ्कका साथ अङ्क तालिकाको १०औँ स्थानमा रहेको छ । यस्तै समान आठ खेल खेलेको जावलाखेल भने आठ अङ्कसहित अङ्क तालिकाको नवौँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0