राष्ट्रिय प्र्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको बताउनुभएको छ । आज धनगढीमा आयोजित सो पार्टीको आमसभामा प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उहाँले लोकतन्त्रका नाममा राजनीतिलाई पेशा बनाएर जीविका चलाउने गलत प्रवृत्तिविरुद्ध राप्रपा अघि बढेको बताउनुभयो ।

उहाँले राजसंस्था र हिन्दू राष्ट्र कायम गरी देशमा विकास र सुशासन गर्ने आफ्नो पार्टीको सोच रहेको बताउनुभयो । राप्रपाका निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले देशमा सक्रिय राजतन्त्र नभई राष्ट्रिय एकताका लागि राजसंस्था र हिन्दू पहिचानसहितको व्यवस्था अवश्यक भएको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0