सुर्खेत। सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ६०० ले बढेर एक लाख ९०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक लाख ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० छ । यसको मूल्य बिहीबार प्रतितोला ९९ हजार ८०० थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले बढेर एक हजार ४०० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५७ डलर आसपास कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
