काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । सोमबार ब्रोकर कम्पनीको डेटा सेन्टरमा समस्या भए पनि कारोबारमा व्यवधान खडा भएको थियो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १७.१५ अङ्कले ओरालो लागेर दुई हजार ६५०.९७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२६ अङ्कले आरालो लागेर ५०२.५९ मा झरेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि सस्तोमा समेटिएको छ ।
कूल २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर रु तीन अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ बराबरको कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1