हुम्ला । नेकपा (एमाले) हुम्लाको नवौं जिल्ला अधिवेशनबाट कलबहादुर हमाल सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले उपाध्यक्षमा डबल रावत, सचिवमा तीर्थराज बोहरा, सहसचिवमा विमला शाही र समावेशी सहसचिवमा चन्द्रप्रसाद ढकाललाई चयन गरेको छ ।
स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश र हुम्ला इन्चार्ज गोरखबहादुर बोगटीको अध्यक्षतामा गठित अध्यक्षमण्डलले नयाँ नेतृत्व छनोट गरेको हो ।
जिल्लाका सातवटै स्थानीय तहका ४४ वटा वडामध्ये लिमीबाहेक अन्य ४३ वडाबाट जिल्ला कमिटी सदस्य सर्वसम्मत टुङ्ग्याइएको छ । नवौँ अधिवेशनले हमालको नेतृत्वमा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
जिल्लाका सबै नेता तथा कार्यकर्ता र अधिवेशनमा आएका प्रतिनिधिको आग्रहअनुसार नै सर्वसम्मत नयाँ कमिटी निमार्ण गरेको एमाले स्थायी कमिटी सदस्य बोगटीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1