काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको बजार सोमबार उकालो लागेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से आज १६।३० अङ्कले ओरालो लागेर दुई हजार ८३५।५८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।८२ अङ्कले ओरालो लागेर ५३२।४९ मा ओर्लेको छ ।

कारोबार मापक परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज सामान्य वृद्धि भएको छ । कूल २३० कम्पनीको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर रु ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब सात अर्ब ७२ करोड ४१ लाख २० हजार बराबर रहेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0