मोरिससविरुद्धको दोश्रो मैत्रीपूर्ण खेलमा पनि नेपालले विजयी हासिल गरेको छ। खेलको १० औं मिनेटमा पुजन उपरकोटीको पासमा सुजल श्रेष्ठले गरेको एकमात्र गोल नै नेपाललाई जित दिलाउन पर्याप्त बनेको हो ।

मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १-० गोल अन्तरले हराएको हो ।

नेपालले गोल गरेलगत्तै मोरिससले पेनाल्टीको मौका पाएपनि गोल भने गर्न सकेको थिएन ।
मोरिससका कप्तान एन्डी सोफीले गरेको पेनाल्टी प्रहार नेपाली टिमका कप्तान तथा गोल रक्षक किरण चेम्जोङले बचाएका थिए ।
आजको खेलको म्यान अफ द म्याच नेपाली कप्तान किरण चेम्जोङ चुनिएका छन ।

यसअघि शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल १–० ले नै विजयी भएको थियो। उक्त खेलमा एक मात्र गोल विमल घर्तीमगरले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0