काठमाडाैँ । नेप्से परिसूचक साेमबार उच्च अङ्कले घटेको छ । साेमबार कारोबार मापक नेप्से झण्डै १०० अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९९.८६ अङ्कले घटेर दुई हजार ८२०.६५ मा ओर्लेको छ । यस्तै, कूल कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८.०८ अङ्कले घटेर ५२६.०३ मा झरेका छ ।नेप्से ओरालो लागे पनि कारोबार रकम भने बढेको छ ।
कूल २२८ कम्पनीको एक करोड ७० लाख ६३ हजार ८३३ कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ मूल्यमा कारोबार भयो । साेमबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ८६ अर्ब ११ करोड २८ लाख ४० हजारको हारहारीमा झरेकाे छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैङ्किङ ५४.२७, व्यापार ११३.६५, होटल तथा पर्यटन १०७.७६, विकास बैंक २३४.२७, जलविद्युत् १५५.८७, वित्त ११०.७८, निर्जीवन बीमा ५०६.७८, उत्पादन २४४, अन्य ८१.४१, लघुवित्त १८३.७५, जीवन बीमा ५६९.७९, सामूहिक लगानी कोष ०.३६ र लगानी ३.२३ अङ्कले ओरालो लागेको छ ।



























