सुर्खेत । दैलेख जिल्लाका सबै स्थानीय तहले मंगलबार बजेट सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ का लागि दैलेखका ११ वटा पालिकाले बजेट सार्वजनिक गरेका हुन् । दुल्लु नगरपालिकाले सबैभन्दा बढी दुल्लु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब आठ करोड ९२ लाख ५९ हजार बजेट विनियाेजन गरेकाे छ । सबैभन्दा कम ठाटिकाध गाँउपालिकाले ४१ करोड ५० लाख ३१ हजार ५९ रुपियाँको बजेट सार्वजनिक हाे ।
नारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ४४ लाख ६९ हजार चार सय २९ रुपियाँको बजेट ल्याएको हो ।
महाबु गाँउपालिकाले ४९ करोड ४० लाख ४२ हजार सात सय २२ रुपियाँको बजेट सार्वजनिक गरेको हो । नौमूले गाउँपालिकाले ५६ करोड आठ लाख ६६ हजार आठ सय ३३ रुपियाँको बजेट ल्याएको छ । गुराँस गाउँपालिकाले ७३ करोड ६१ लाख ४४ हजार नौ सय ५५ रुपियाँको बजेट सार्वजनिक गरेकाेछ । डुवेश्वर गाउँपालिकाले ४१ करोड ८१ लाख ७२ हजार नौ सय ५३ रुपियाँको बजेट सार्वजनिक गरेकाे छ ।
यसैगरी, चामुण्डा बिन्द्रासैनि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४८ करोड ४३ लाख तीन हजार ८८ रुपियाँ बजेट ल्याएको हो ।
आठबिस नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५५ करोड ८८ लाख ६१ हजार पाँच सय ८५ रुपियाँ बजेट ल्याएको हो ।
भैरबी गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४९ करोड ९९ लाख ९० हजार बजेट सार्वजनिक गरेको छ ।
भगवती गाँउपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ४५ लाख ७५ हजार दुई सय बजेट सार्वजनिक गरेको हो ।
दैलेखका अधिकांश स्थानीय तहले शिक्षा, स्वास्थ्य, सडक, कृषिलाई प्राथमिकतामा बजेट सार्वजनिक गरेका छन् ।
अन्तरसरकारी वित्तीय हस्तान्तरण ऐनको प्रावधानअनुसार पालिकाहरुले असार १० गतेभित्र बजेट ल्याउनुपर्ने हुन्छ । स्थानीय तहले संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानसँगै आन्तरिक स्रोतको आय समेटेर बजेट सार्वजनिक गरेका हुन् ।
