स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०इन्टरनेसनल क्रीकेट सिरिजमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको छ ।

नेदरल्याण्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।
त्यसपछि भएका लगातार दुईवटा सुपर ओभरमा पनि बराबर भएपछि खेल तेस्रोपटक सुपर ओभरमा गएको थियो ।

तेस्रो सुपर ओभरमा नेपालले कुनै पनि रन जोड्न सकेन । नेपालका कप्तान रोहित पौडेल र रुपेश सिंह कुनै पनि रन नजोडी आउट भएपछि नेदरल्यान्डसले जितका लागी १ रनको लक्ष्य पाएको थियो ।
१ रनको लक्ष पाएको नेदरल्यान्डले पहिलो बलमै छक्का प्रहार गर्दै जित हासिल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0