सुर्खेत । यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि कर्णाली प्रदेश क्रीकेट संघले १६ सदस्यीय टोली घोषणा गरेको छ।
टोलीको कप्तानको जिम्मेवारी विपिन शर्माले पाएका छन । यस्तै,टोलीमा नबिन न्यौपाने, भुपेन्द्र जंग शाही, कस्तुप खड्का, अफराज आलम, कुन्जन आचार्य, रोशन शाही, कैलाश खड्का, बिजय बोहरा, नेत्र बिक्रम खत्री, बिजय शाही, यकेन्द्र बुढा, निश्चल हमाल, युवराज थापा, नमनसिंह थापा र कुशल डाँगी अटेका छन ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सह-आयोजनामा सुर्खेतमा जेठ २१ गतेदेखि ३१ गतेसम्म उक्त प्रतियोगिता आयोजना हुनेछ ।
यस प्रतियोगितामा सात प्रदेशका यू-१६ क्रिकेट टिमका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
