नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८५ अङ्कले बढेर दुई हजार छ सय ७५ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।
आज तीन सय १८ कम्पनीको एक करोड ४२ लाख ९९ हजार तीन सय ९४ कित्ता शेयर ५९ हजार छ सय ३३ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ७८ लाख ३९ हजार पाँच सय ८१ बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
