डोटीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा आज बिहान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक दुर्घटना हुँदा चालक अर्जुुन धामीसहित तीन जनाको मृत्युु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0