Oplus_131072

इन्डियन प्रीमियर लिगमा राजस्थान रोयल्सविरुद्ध चेन्नई सुपर किङ्सले जित हात पारेको छ ।
घरेलु मैदानमा आज भएको खेलमा चेन्नई ५ विकेटले विजयी भएको हो ।
१ सय ४२ रनको मध्यम लक्ष्य पछ्याएको घरेलु टोलिले १८ ओभर २ बलमा लक्ष्य पूरा गरेको थियो । चेन्नईको जितमा कप्तान ऋतुराज गायकवाडले अविजित रहदै ४२ रनको योगदान दिए । यस्तै रचिन रविन्द्रले २७ र ड्यारेल मिचेलले २२ रन बनाए । राजस्थानका रविचन्द्रन अश्विनले २ विकेट लिए ।
ट्स हारेर पहिला ब्याटिङ रोजेको राजस्थानले पुरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो ।
राजस्थानका लागि रियान परागले ४७ ध्रुब जुरेलले २८ तथा यजस्वी जैसवालले २४ रन बनाए । चेन्नईका सिमरजित सिंहले ३ तथा तुशार देशपाण्डेले २ विकेट लिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0