बाँकेको जमुनाहा नाका ३ दिनको लागि बन्द हुने भएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा बैशाख ३१ गते हुने लोकसभा निर्वाचनका लागि सिमा नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

शुक्रबार राती १० बजेदेखि तीन दिनका लागि नाका बन्द हुनेछ । नाका बन्द रहेको बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0