गोरखा – काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागी स्वतन्त्र उम्मेदवार दिने घोषणा गरेका अनुप बोहोराले गोरखा जिल्लाको भ्रमण गरेका छन् ।

पृथ्वीनारायण शाहको दरबारमा पुगेर त्यहाँका पुजारीसँग अनुपले आशीर्वाद लिएका छन् । बोहराहरु द्रव्य शाहको पालादेखी दरबारमा पुजारी रहदै आएका थिए । उम्मेदवार अनुपले गोरखा दरबारमा बर्तमान पुजारी लिला बहादुर बोहोरा सङ पुजाआजा गर्दै आशीर्वाद लिएका हुन् ।

गोरखा दरबार भ्रमण गर्दै बोहराले देशलाई आर्थिक बिकास र समृद्धिको बाटोमा लैजाने शक्ति प्राप्त होस् भनी आशीर्वाद मागेका हुन् ।

काठमाडौंको क्षेत्र नम्बर २ मा उम्मेद्वारी दिने भनेका उनलेे स्वतन्त्र भएर उम्मेदवारी दिएका कारण अन्य जुनसुकै पार्टीले अफर दिएपनी नजाने बताउदै आएका छन् ।

आर्थिक बिकास र समृद्धिलाई मुख्य एजेन्डा बनाउदै आएका बोहोरा उम्मेदवारी दिने दिन नजिकिदै गर्दा शक्तिपिठको दर्शनमा पनि उत्तिकै महत्व दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0