बालिका तथा किशोरीमाथि हुने हिंसा, दुव्र्यवहार, बलात्कारजस्ता अपराध र विभेद अन्त्य गर्न सरोकारवालाले आग्रह गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालको १८ औँ साधारणसभाका अवसरमा आज आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक छलफल कार्यक्रममा राष्ट्रिय महिला आयोगकी कार्यबाहक अध्यक्ष कृष्णाकुमारी खतिवडाले छोरीमाथि हुने सबै प्रकारका हिंसाविरुद्ध कानूनी संचेतना जगाइ र दोषीमाथि कारवाही गर्नुपर्ने बताउनुभयो । अधिवक्ता इन्दु तुलाधरले बालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा ध्यान पु¥याउन नसकेका विषयलाई जोड दिँदै तिनै तहका सरकार र निकायमा लैङ्गिकमैत्री नीति, कार्यक्रम, बजेट र त्यसको कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने र त्यस्ता कार्यक्रममा नागरिक सङ्घसंस्था सञ्जालको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँ, राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारी खरेल, राष्ट्रिय योजना आयोगका डा. किरण रुपाखेती, राष्ट्रिय युवा परिषद्का उपसचिव चन्दा थापा, सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर, देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले सरकारले बालिका तथा किशोरीमा लगानी बढाउनुपर्ने, उनीहरुको संरक्षणमा थप ध्यान दिनुपर्ने, बालमैत्री, युवामैत्री, लैङ्गिकमैत्री अभियानलाई अघि बढाउनुपर्ने बताउनुभययो । जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले संस्थाबाट बालिका तथा किशोरी सूचना तथा स्रोत केन्द्र, बालमैत्री शासन प्रवद्र्धन, बाल श्रम, आधुनिक दासता, हिंसा, दुव्र्यवहारमा परेकाको उद्धार, बालिका सशक्तिकरण, विद्यालय पोषण कार्यक्रम, विद्यालय भवन निर्माण, कानूनी सहायता, युवामैत्री स्थानीय शासन, जिविकोपार्जनसहित कार्य गरिँदै आएकाले त्यसमा साथ दिन आग्रह गर्नुभयो । कार्यक्रममा बालिका तथा किशोरीको संरक्षणका लागि योगदान पु¥याउने अभियान्ता मुस्कान खातुनलाई सम्मान गरिएको थियो भने समाज कल्याण परिषद् सदस्य नारायण गिरी, युएनडिपिकी विनिता कार्की, गैरसरकारी संस्था महासङ्घका महासचिव अर्जुन भट्टराईसहित १५ वटा नागरिक सङ्गठन सञ्जाल, आठ वटा विकासका साझेदार संस्था, २५ वटा नागरिक सङ्गठन, किशोरी तथा किशोर सञ्जालका प्रतिनिधि, जनप्रतिनिधि सञ्चारकर्मीसहित १०० भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कल्पना मिया, सोविता गौतम, विना लामा तथा बागमती प्रदेशसभा सदस्य, उर्मिला अर्यालले बालबालिका तथा किशोरीको हकहित अधिकार संरक्षणको निम्ति ऐन कानून निर्माण, सुधार र कार्यान्वयनको निम्ति पहल, गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । उहाँहरूलाई संस्थाले ‘बालबालिका राष्ट्रिय गौरव हुन्’ भन्ने अभियानलाई स्थापित गर्न आग्रहसहित सम्मानसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0