सुर्खेत । पञ्चपुरी नगरपालिका नगर प्रमुख लालबीर भण्डारी विकास निर्माणदेखि सरसफाइमा अग्रसर हुने गरेका छन् । सडक निमार्णदेखि बाबियाचौर बजारमा सरसफाइका काममा नगरप्रमुख भण्डारीको सक्रियता हुने गरेको छ ।
नगरप्रमुख भण्डारीको नेतृत्वमा नगरपालिको बजारक्षेत्रमा हरेक महिनाको १ गते र १५ सरसफाईका काम हुने गर्छन । जहाँ नगरप्रमुख स्वयम् लागि परेका हुन्छन् ।
असोजदेखि सरफाइको कामको थालनी गरिएको बताइएको छ । सरसफाइ मार्फत आम नागरिकलाई सचेतना गरिएको प्रमुख भण्डारीले बताए । बजार क्षेत्रमा फोहार उठाउनलाई डस्बीन राखिएको र थप राख्ने योजना रहेको उनले जानकारी दिए । नगरपालिकाले बजार क्षेत्रको फाहोर व्यवस्थापन गरिरहेको छ ।
यस्ता कार्यक्रमको थालनी गरेको भन्दै नगर प्रमुख भण्डारीको प्रशंसा भइरहेको छ ।
यसैबिच, खम्बागाडेदखि गुटुखोलासम्मको सडकको कालोपत्रेको काम पनि तीब्र गतिमा भइरहेको प्रमुख भण्डारी बताउँछन् । ‘मैले कार्तिक २३ शिलान्यास गरेँ, त्यहाँबाट काम तीब्र गतिमा भइरहेको छ । हामी विकास निमार्णका काम समयमै गर्छौँ’, उनले भने । १० किलोमिटर सडकको कालोपत्रे गरिने सो सडकको प्रगति दुई किलोमिटर सम्पन्न भईसकेको उनले बताए ।
‘जनतालाई धेरै भ्रम भैलिएको छ । उद्घाटन मात्र हुने काम नहुने भन्दै जनताको आलोचना सुन्न परेको छ, अब त्यसो हुँदैन,’ नगर प्रमुख भण्डारी भने । उद्घाटन भएको बाटोको काम सोचेभन्दा धेरै राम्रो भएको पनि भण्डारीले बताए । पञ्चपुरी नगरपालिका लाई देश कै नमुना नगरपालिको रूपमा चिनाउन लागिपरेको उनले बताए ।
‘म पञ्चपुरी जनताको सेवक हुँ, दिनरात नभनि जनताको सेवा गर्छु’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0